Kathmandu Press

तनहुँमा भोज खाँदा ४१ बिरामी, तीन गम्भीर

तनहुँ, असार १५ : भात खुवाइको भोज खाएका तनहुँको भानु नगरपालिका–३ खहरेका ४१ जना विरामी परेका छन्। उनीहरूमध्ये तीन जना गम्भीर रहेका छन्।

....

तनहुँमा भोज खाँदा ४१ बिरामी, तीन गम्भीर

तनहुँ, असार १५ : भात खुवाइको भोज खाएका तनहुँको भानु नगरपालिका–३ खहरेका ४१ जना विरामी परेका छन्। उनीहरूमध्ये तीन जना गम्भीर रहेका छन्।

भानु नगरपालिका–३ खहरेका धनराज श्रेष्ठका छोराको भात खुवाइ थियो। त्यसमा भोज खाएका गाउँका ४१ जना शनिबार एकैपटक बिरामी परेका छन्।

Hardik ivf

स्थानीय वासिन्दाका अनुसार, भोजमा माछा, कुखुराको मासु, केराउको तरकारी, सलादलगायत खानेकुरा राखिएका थिए। अरु खानेकुरा खानेलाई केही नभएपछि माछा खाएका गाउँले भने बिरामी परेको भानु नगरपालिका–३ का वडाध्यक्ष दलनारायण श्रेष्ठले बताए।

‘अन्य खानेकुरा खाएका स्थानीयवासीलाई केही असर छैन,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘माछा खाएका स्थानीयवासी मात्रै एकाएक बिरामी परेका छन्।’

बिरामी परेका स्थानीय वासिन्दालाई झाडापखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने लक्षण देखिएका छन्। बिरामीमध्ये तीन जना गम्भीर भएका छन्।

गम्भीर बिरामी परेका तीन जनालाई थप उपचारका लागि काठमाडौं लगिएको वडाध्यक्ष श्रेष्ठले बताए। अन्य बिरामीको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

माछा खाएका स्थानीय वासिन्दा मात्रै बिरामी परेकाले माछाको असर देखिएको हुनसक्ने इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक नीरज डाँगीले बताए।

खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख शिवजी बरालले डुम्रे बजारको एक पसलबाट माछा खरीद गरी लगिएको र माछाको विषादीका कारण स्थानीयवासी बिरामी परेको हुनसक्ने बताए। ‘घटनास्थल पुगेर खानेपानी, माछाको परीक्षणका लागि नमुना सङ्कलन गरेका छौं,’ उनले भने।

प्रकाशित मिति: १०:१२ बजे, आइतबार, असार १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्