Kathmandu Press

अमेरिकाको फ्लोरिडामा १२ तले भवन भत्किदा १५९ जना बेपत्ता

काठमाडौं, असार ११ : अमेरिकाको फ्लोरिडा राज्यको मयामी शहरमा १२ तलाको आवासीय भवन भत्किँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने १५९ जना...
अमेरिकाको फ्लोरिडामा १२ तले भवन भत्किदा १५९ जना बेपत्ता

काठमाडौं, असार ११ : अमेरिकाको फ्लोरिडा राज्यको मयामी शहरमा १२ तलाको आवासीय भवन भत्किँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने १५९ जना बेपत्ता भएका छ।

दुर्घटनाका बेला भवनमा कति मानिस थिए भन्ने अहिलेसम्म खुल्न नसकेको अधिकारीहरुले जानकारी दिएका छन्। यद्यपि, मानिसहरूका आवाज भग्नावशेषबाट आइरहेको बताइएको छ।

बिहीबार बिहान कसरी ४० बर्ष पुरानो भवन भत्कियो भन्ने कारणहरू अझै स्पष्ट नभएको बताईएको छ । यो भवन सन् १९८० मा निर्माण भएको थियो। यसैबीच, राष्ट्रपति जो वाइडेनले फ्लोरिडामा आपत्कालिन अवस्थाको घोषणा गरेको छ।

प्रकाशित मिति: २१:०५ बजे, शुक्रबार, असार ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्