Kathmandu Press

राजधानीको स्वयम्भूबाट चितुवाको छाला सहित २ जना पक्राउ

काठमाडौं, असार ११ : काठमाडौं महानगरपालिका १५ स्वयम्भूबाट १ थान चितुवाको छाला सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही...
राजधानीको स्वयम्भूबाट चितुवाको छाला सहित २ जना पक्राउ

काठमाडौं, असार ११ : काठमाडौं महानगरपालिका १५ स्वयम्भूबाट १ थान चितुवाको छाला सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सिन्धुली मरिन गाउँपालिका ३ सिरटोल घर भएका ३२ वर्षीय सुशिल कुमार वाईबा र ध्याङलेख गाउँपालिका १ अमले घर भएका ३४ वर्षीय कान्छाराम वाईबा रहेका छन् ।

चितुवाको छाला अवैध रुपमा ओसारपसार गरी ६ लाख रुपैयाँमा बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरु उपर थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २०:५२ बजे, शुक्रबार, असार ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्