कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ६ जनाको मृत्यु
काठमाडौं, असार ११ : गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत...
काठमाडौं, असार ११ : गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको हो ।
कास्कीमा २, स्याङजा १ र नवलपरासी पूर्व ३ जना गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।
त्यसैगरी गण्डकी प्रदेशमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १०७ जनाको नमुना परीक्षण गरिएकामा २१३ जनामा संक्रमण देखिएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५३ हजार ९२१ पुगेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५० हजार २५८ पुगेको छ ।
प्रकाशित मिति: १९:५७ बजे, शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












