Kathmandu Press

पत्रकारको सुरक्षाका लागि कोरोना खोप दिन माग 

काठमाडौँ, असार ११ : सञ्चार क्षेत्रका विज्ञ तथा पत्रकारले स्वास्थ्य जोखिममा राखेर कार्यक्षेत्रमा खटिने पत्रकारको सुरक्षाका लागि कोरोना खोप दिनुपर्ने माग गरेका छन्...
पत्रकारको सुरक्षाका लागि कोरोना खोप दिन माग 

काठमाडौँ, असार ११ : सञ्चार क्षेत्रका विज्ञ तथा पत्रकारले स्वास्थ्य जोखिममा राखेर कार्यक्षेत्रमा खटिने पत्रकारको सुरक्षाका लागि कोरोना खोप दिनुपर्ने माग गरेका छन् ।

प्रेस काउन्सिल नेपालले यहाँ आज आयोजना गरेको कोभिड–१९ महामारीमा पत्रकार र सञ्चारमाध्यमको अवस्था र आचारसंहिता पालना सम्बन्धमा वाग्मती प्रदेशस्तरीय ‘भर्चुअल’ कार्यक्रममा उनीहरुले पत्रकारलाई आर्थिक सहयोग गर्नुपर्ने, काउन्सिलले प्रदान गर्ने राहत बढाउनुपर्ने र अनलाइनलाई लोककल्याणकारी विज्ञापनका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

पत्रकारको प्रेस पासको व्यवस्था जिल्लाबाटै हुनुपर्ने र  पत्रपत्रिका वर्गीकरणको नतिजा समयमै सार्वजनिक गर्नुपर्ने पनि पत्रकारको माग थियो । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सातै प्रदेशबाट सुझाव सङ्कलन गरी प्रतिवेदन बनाएर छिट्टै पत्रकारको पक्षमा निर्णय गरिने प्रतिबद्धता व्यक्त गर्दै लेखनवृत्ति मार्फत पत्रकारलाई दिइँदै आएको सुविधा बढाइने र  बिरामी पत्रकारको उपचारार्थ औषधोपचारमा सहयोग गरिने जानकारी दिए ।

काउन्सिल सदस्य चिरञ्जीवी मास्केले  श्रमजीवी पत्रकारलाई महामारीका समयमा रोजगारीबाट निकाल्ने, तलब नदिनेजस्ता गतिविधि भएकामा चिन्ता व्यक्त गर्दै  विज्ञापनको भुक्तानी समयमा नहुँदा सञ्चारगृह  समस्यामा परेको बताए ।

नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशका अध्यक्ष शिव देवकोटाले काउन्सिलबाट पत्रकारको पेशागत शुद्धता, क्षमतामा वृद्धि  एवं पेशागत मर्यादा कायम रहने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति: १९:४१ बजे, शुक्रबार, असार ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्