जबरजस्ती करणी गरेको अभियोगमा विभिन्न स्थानबाट तीन जना पक्राउ
काठमाडौं, असार ११ : १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिका ३ बस्ने ४५ वर्षीय काजी भन्ने लोकवहादुर श्रेष्ठलाई बिहीबार...
काठमाडौं, असार ११ : १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिका ३ बस्ने ४५ वर्षीय काजी भन्ने लोकवहादुर श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लोकबहादुर र सोही ठाउँ बस्ने ४८ वर्षीय अर्बिन भन्ने ओम घतानी समेतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको हो । साथै फरार रहेका ओमको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा पर्सागढी नगरपालिका ७ फुलबरिया बस्ने १८ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई किशोरले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय एकटाङगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी २० वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पर्साकै पटेर्वा सुगौली गाउँपालिका-१ बस्ने २५ वर्षीय सुरेन्द्र भन्ने अब्दुल्लाह अन्सारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
अन्सारीले ती महिलाको श्रीमान कामको सिलसिलामा घर बाहिर रहेको मौका छोपी सुत्ने कोठाको झ्यालबाट प्रवेश गरी आपराधिक बल प्रयोग गरी जबरजस्ती करणी उद्योग गरेको भन्ने प्राप्त जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

