Kathmandu Press

करेन्ट लागेर सप्तरीमा दुईको मृत्यु

सप्तरी, असार ११ : सप्तरीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ।शम्भुनाथ नगरपालिका-१२ जितपुर बस्ने ३४ वर्षीय लालबाबु मण्डलको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको...
करेन्ट लागेर सप्तरीमा दुईको मृत्यु

सप्तरी, असार ११ : सप्तरीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ।

शम्भुनाथ नगरपालिका-१२ जितपुर बस्ने ३४ वर्षीय लालबाबु मण्डलको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

आफ्नै घरमा पानी तान्ने मोटरमा बिद्युतको तार जोडने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । 

यसैगरी सप्तरीकै डाक्नेश्वरी नगरपालिका-१० बनौला बस्ने ८५ वर्षीय जगाई साह तेलीको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ।

आफ्नै बारीमा राखेको पानी तान्ने मोटरको वरिपरी झारपात सरसफाई गरिरहेको अवस्थामा मोटरबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: १८:११ बजे, शुक्रबार, असार ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्