Kathmandu Press

अवैध लागूऔषधसहित झापामा दुई युवक पक्राउ 

झापा, असार ११ : प्रहरीले अवैध लागूऔषधसहित झापाबाट दुईजनालाई पक्राउ गरेको छ।झापा गाउँपालिका-२ झापा बजारबाट शुक्रबार बिहान पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३२...
अवैध लागूऔषधसहित झापामा दुई युवक पक्राउ 

झापा, असार ११ : प्रहरीले अवैध लागूऔषधसहित झापाबाट दुईजनालाई पक्राउ गरेको छ।

झापा गाउँपालिका-२ झापा बजारबाट शुक्रबार बिहान पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३२ वर्षीय विशाल मडीलाई पक्राउ गरेको बताएको छ।

Hardik ivf

इलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनको साथबाट ७ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ बरामद भएकोजनाइएको छ। 

झापाको बाह्रदशी गाउँपालिका-२ जनता बजारबाट १६ ग्राम ५ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित सिन्धुपाल्चोक मेलम्ची नगरपालिका(६ बस्ने २७ वर्षीय प्रशान्त बिक्रम थापालाई पनि बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

भारतबाट नेपालतर्फ आउँदै गरेको मे८प १६४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकलमा सवार थापालाई पक्राउ गरेको हो।

उक्त मोटरसाइकलका चालक फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ। घटनाको थप अनुसन्धानका लागि अर्को गाडीमा सवार अन्य चारजनालाई नियन्त्रणमा लिएकोप्हरीले जनाएको छ। 
 

प्रकाशित मिति: १७:५१ बजे, शुक्रबार, असार ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्