उपत्यकामा थपिए ४२७ जना कोरोना संक्रमित
काठमाडौं, असार ११ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको...
काठमाडौं, असार ११ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमितमध्ये काठमाडौंका ३०८ जना, ललितपुरका ७६ जना र भक्तपुरका ४३ जना छन्।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७६ जनामा संक्रमण पुष्टि भएको छ भने २७ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १७:५१ बजे, शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











