निषेधाज्ञा उल्लंघन गर्ने १९१५ वटा सवारीसाधन नियन्त्रणमा
काठमाडौं, असार ११ : पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ९ सत १५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।विभिन्न जिल्लामा...
काठमाडौं, असार ११ : पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ९ सत १५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा ६ सय ८४ वटा गाडी र १ हजार २ सय ३१ वटा मोटरसाइकल नियन्त्रणमा लियउको प्रहरीले जनाएको छ।
साथै नयाँ भेरियन्ट सहितको कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४ सय ४६ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ। कार्यक्रमअन्तर्गत हालसम्म जम्मा ४ लाख ५९ हजार ९७ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ९४ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ९ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको छ।
सो क्रममा १ हजार ७ सय २३ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ। साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ५३ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ४ हजार ७ सय २७ जनालाई सचेत गराइएको छ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ।









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

