Kathmandu Press

शुक्रबार २४७६ संक्रमित थपिँदा ५४५५ जना संक्रमणमुक्त, २७ को मृत्यु

१४ हजार ३५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७२१ र एन्टिजेन विधिबाट ७५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
शुक्रबार २४७६ संक्रमित थपिँदा ५४५५ जना संक्रमणमुक्त, २७ को मृत्यु

काठमाडौं, असार ११ : पछिल्लो २४ घण्टामा थप २ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

१४ हजार ३५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७२१ र एन्टिजेन विधिबाट ७५५ जनामा कोरोना  संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् भने थप २७ जनाले कोरोना संक्रमणबाट मृत्यु भएको छ। हालसम्म ८९४५ जनाको मृत्यु भइसकेको छ । 

नेपालमा सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ रहेको छ ।

प्रकाशित मिति: १७:३५ बजे, शुक्रबार, असार ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्