Kathmandu Press

विभेदसम्बन्धी मुद्दाको विपक्षमा उभिएको भन्दै मन्त्री श्रेष्ठको राजीनामा माग, माइतीघरमा प्रदर्शन

काठमाडौं, असार ११ : सुरुमा दिने टुंगो गरिसकेर पनि जात थाहा पाएपछि कोठा नदिएको विषयले अहिले चर्चामा छ। सञ्चा।कर्मीसमेत रहेकी रुपा सुनारले दलित भनेर...
विभेदसम्बन्धी मुद्दाको विपक्षमा उभिएको भन्दै मन्त्री श्रेष्ठको राजीनामा माग, माइतीघरमा प्रदर्शन
तस्बिर : सुजल बज्राचार्य

काठमाडौं, असार ११ : सुरुमा दिने टुंगो गरिसकेर पनि जात थाहा पाएपछि कोठा नदिएको विषयले अहिले चर्चामा छ। सञ्चा।कर्मीसमेत रहेकी रुपा सुनारले दलित भनेर कोठा नदिएको भन्दै बबरमहलस्थित घरबेटी सरस्वती प्रधानविरुद्ध प्रहरीमा उजुरी गरिन्।

प्हरीले प्रधानलाई हिरासतमा लियो। कोठा दिने र नदिने घरबेटीको मर्जी भन्दै प्रधानको पक्षमा उनका आफन्तहरू बुधबार प्रदर्शनमा उत्रिए। बबरमहलमा भेला भएका उनीहरूले सरस्वती प्रधानलाई तुरुन्त रिहा गर भन्दै नाराबाजी गरे।

सरकारी वकिलहरूको कार्यालयले पनि हिरासतमा राखिराख्नुपर्ने कारण नभएको बताएपछि रिहा भएकी प्रधानलाई शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारी गाडीमा राखेर घरसम्मै पुर्याइदिए। सोही विषयलाई लिएर अहिले मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्नेसम्मको आवाज उठिरहेको छ।

जातीय विभेदविरुद्ध सरकार आफैं पीडितको पक्षमा वकालत गर्नुपर्ने मन्त्री पीडकको पक्षमा उभिएर अन्यायलाई प्राय दिएको भन्दै जातीय स्वतन्त्रता र मुक्तिका पक्षधरहरूले आज (शुक्रबार) काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शृन गरेका छन्।

उनीहरूले ‘कानुनी प्रक्रियामाथि राज्यको हस्तक्षेप बन्द गर’, ‘मन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाही गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

      

प्रकाशित मिति: १७:२९ बजे, शुक्रबार, असार ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्