Kathmandu Press

सुरक्षा प्रशासनमा कुनै हस्तक्षेप हुन्न, नतिजामुखी काम गर्नुस् : गृहमन्त्री

काठमाडौं, असार ११ : नवनियुक्त गृहमन्त्री विष्णप्रसाद पौडेलले गृह प्रशासन र प्रहरीलाई कुनै हस्तक्षेप नगर्ने तर नतिजा आउनेगरी जिम्मेवारीअनुरूपको काम गर्न निर्देशन दिएका छन्।आज...
सुरक्षा प्रशासनमा कुनै हस्तक्षेप हुन्न, नतिजामुखी काम गर्नुस् : गृहमन्त्री

काठमाडौं, असार ११ : नवनियुक्त गृहमन्त्री विष्णप्रसाद पौडेलले गृह प्रशासन र प्रहरीलाई कुनै हस्तक्षेप नगर्ने तर नतिजा आउनेगरी जिम्मेवारीअनुरूपको काम गर्न निर्देशन दिएका छन्।

आज (शुक्रबार) गृहमन्त्रीका रूपमा कार्यभार सम्हाल्दै उनले गृह मन्त्रालयमातहतका सबै निकायलाई जवाफदेही भएर आ-आफ्नो परिभाषित काम गर्न स्वतन्त्र रहेको उल्लेख गरेका हुन्।

गृह सचिवबाट पनि कुनै प्रकारको हस्तक्षेप नहुने विश्वास दिलाउँदै मन्त्री पौडेलले संवैधानिक व्यवस्था र कानुनी प्रबन्धका आधारमा आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिए। उनले सबै निकायबाट नतिजामुखी काम होस् भन्ने आफूले चाहेको उनले बताए।

सरुवा, बढुवा तथा थमौतीका लागि कोही पनि प्रहरी आफूकहाँ नआउन पनि निर्देशन दिए। ‘अन्याय भयो भनेर साँच्चि नै अन्याय अनुभूत गरेर आउँछ भने उजुरी सुन्न तयार छु तर प्रमोसन, थमौती, सरुवा, बढुवाका निम्ति अथवा स्वदेश, विदेश पठाउने अवसरका निम्ति कुनै पुलिस मकहाँ नआओस्,’ उनले भने।

उनले राजनीतिक उतारचढावको प्रभाव गृह मन्त्रालयमा पर्न नहुने पनि स्पष्ट पारे। ‘राजनीतिक परिस्थितिको प्रभावचाहिँ गृह प्रशासन, सुरक्षा निकायमा पर्नुहुँदैन। राजनीतिक परिस्थिति अलग चिज हो। त्यो आफ्नो ढंगले चल्दै गर्छ,’ उनले भने।

उनले थपे, ‘त्यसबाट यहाँहरू प्रभाव नहुनुहोला। अदालतका मुद्दा, राजनीतिक परिस्थितिको प्रभावबाट गृह प्रशासन, सुरक्षा निकाय प्रभावित हुँदैन। शान्ति सुरक्षा, जिउधनको रक्षामा गम्भीरताका साथ ध्यान दिनुस्।’

प्रकाशित मिति: १७:०२ बजे, शुक्रबार, असार ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्