कोरोनासँग जुध्न जनसम्पर्क समिति अमेरिकाको ४८ लाख सहयोग
न्युयोर्क, असार ११ : नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपालमा कोरोना नियन्त्रणका लागि भन्दै ४८ लाख रुपैयाँ बराबरको सहयोग रकम पाठाएको छ।कारोना...
न्युयोर्क, असार ११ : नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपालमा कोरोना नियन्त्रणका लागि भन्दै ४८ लाख रुपैयाँ बराबरको सहयोग रकम पाठाएको छ।
कारोना उपचारमा सहयोग र स्वास्थ्य सामाग्री वितरणका लागि सो समितिले उक्त रकम नेपाली कांग्रेसको राष्ट्रिय वाणिज्य बैंक टेकू शाखामा रहेको खातामा जम्मा गरेको हो।
नेपालमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको अवस्थामा नेपाली कांग्रेसले सम्पूर्ण जनसम्पर्क समितिहरूलाई सहयोग आह्वान गरेको थियो।
नेपाली जनसम्पर्क समिति अमेरिकाले कोरोना महामारीले निम्त्याएको विषम परिस्थितिबाट मुलुकलाई बचाउन सहयोग गर्ने सबै सहयोगदाताप्रति कृतज्ञता व्यक्त गरेको छ।
प्रकाशित मिति: १६:३१ बजे, शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

