Kathmandu Press

बर्दियाका बस्तीमा पसेर दुःख दिने बाघ नियन्त्रणमा

बर्दियाका बस्तीमा पसेर दुःख दिने बाघ नियन्त्रणमा

बर्दिया, असार ११ : बर्दिया राष्ट्रिय निकुञ्जले बस्तीमा पसेर दुःख दिने बाघ नियन्त्रणमा लिएको छ।

उक्त बाघले बर्दियाको गेरुवा गाउँपालिकाका बस्तीबस्तीमा पसेर घरपालुवा जनावर खान पल्केको बाघ बिहीबार नियन्त्रणमा लिइएको हो।

निकुञ्जका अनुसार गेरुवा-४ शान्तिपुर ढुकुनियाको पाताल चुली सामुदायिक वनबाट बाघ समातिएको हो।

बाघ नियन्त्रणमा लिन क्यामेराका माध्यमले नियमित निगरानी गरिएपछि सफलता पाइएको निकुञ्जले जानकारी दिएको छ।

नियन्त्रणमा लियएको बाघलाई निकुञ्जको बबर्इ भ्यालीमा रहेको गुठी क्षेत्रमा राखिएको जनाइएको छ।

बाघ नियन्त्रणमा लिएसँगै राहत महसुस भएको स्थानीयको भनाइ छ।

प्रकाशित मिति: १५:३६ बजे, शुक्रबार, असार ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्