सेवाबाट हटाइने भएपछि आन्दोलनमा इन्जिनियर, प्रहरीले रोक्यो उनीहरूको प्रदर्शन
काठमाडौं असार ११ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक कर्मचारीहरुलाई प्रहरीले माइतीघर मण्डलबाट नियन्त्रणमा लिएको छ। आफूहरुलाई सेवाबाट हटाउन लागिएको भन्दै आज (शुक्रबार) ‘राष्ट्रिय पुनर्निर्माण...
काठमाडौं असार ११ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक कर्मचारीहरुलाई प्रहरीले माइतीघर मण्डलबाट नियन्त्रणमा लिएको छ।
आफूहरुलाई सेवाबाट हटाउन लागिएको भन्दै आज (शुक्रबार) ‘राष्ट्रिय पुनर्निर्माण प्रधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समिति’ को नामबाट उनीहरूले बबरमहलबाट विरोध प्रदर्शन सुरु गरेका थिए।
प्रदर्शन थाल्दा नथाल्दै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणमा खटिएका इन्जिनियर र सबइन्जिनियरहरूलाई असारपछि कामबाट हटाउन लागेकाले आन्दोलनमा उत्रिनुपरेको उनीहरूको भनाइ छ।
२०३६ सालदेखि शिक्षा मन्त्रालयमा कार्यरत ३ सय २० इन्जिनियरलाई २०७६ देखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत विद्यालय पुनर्निर्माणमा खटाइएको थियो।
तीमध्ये १ सय १० जनाबाहेक सबैलाई निकाल्ने निर्णयसरकारले गरेपछि उनीहरूले आन्दोलन थालेका हुन्।









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

