Kathmandu Press

तिब्बतमा ल्हासा–निङ्ची रेल्वे सेवा सुरु

बेइजिङ, ११ असार : चीनको तिब्बतको राजधानी ल्हासा र तिब्बतकै पूर्वी शहर निङ्ची जोड्ने रेल्वेसेवा शुक्रबार सुरु भएको छ। चिनियाँ स्टेट रेल्वे ग्रुपका अनुसार ल्हासादेखि...
तिब्बतमा ल्हासा–निङ्ची रेल्वे सेवा सुरु

बेइजिङ, ११ असार : चीनको तिब्बतको राजधानी ल्हासा र तिब्बतकै पूर्वी शहर निङ्ची जोड्ने रेल्वेसेवा शुक्रबार सुरु भएको छ। 

चिनियाँ स्टेट रेल्वे ग्रुपका अनुसार ल्हासादेखि निङ्ची जोड्ने यो रेलसेवा ४३५ किलोमिटरको छ । तिब्बती पठारमा निर्माण भएको यस पहिलो विद्युतीय रेल १६० प्रति किलोमिटर गतिमा  गुड्न सक्ने व्यवस्था मिलाइएको छ।

चिनियाँ मुख्य भूभागमा तिब्र गतिका बुलेट ट्रेन चलिरहेको फुक्सिङ कम्पनीले नै पछिल्लो रेलसेवा शुरु गरेको छ । अब चीनका सबैजसो क्षेत्रमा फुक्सिङको सेवा विस्तार भएको छ। 

दक्षिणपूर्वी तिब्बतलाई जोड्ने यो ऐतिहासिक क्षण भएको चिनियाँ रेलसेवाले जनाएको छ।

यस तीव्र गतिको रेल मार्फत ल्हासाबाट यात्रुहरु शान्नान शहर ७० मिनेटमा पुग्न सक्नेछन् भनेर निङ्ची साढे तीन घण्टामा पुग्न सक्नेछन् । रेलमार्गको ९० प्रतिशतभन्दा बढी हिस्सा समुद्र सतहभन्दा तीन हजार मिटर माथि रहेको छ।

यो रेलमार्ग सन् २०१४ मा निर्माण शुरु भएको थियो भने सन् २०२० को अन्त्यसम्ममा ट्राक (लिक) बिछ्याउने कार्य सम्पन्न भएको थियो।

ल्हासा–निङ्ची रेलमार्ग हाल निर्माणाधीन सिचुवान–तिब्बत रेलमार्गकै हिस्सा हो । यो रेलमार्गले ल्हासालाई छिमेकी सिचुवान प्रान्तको राजधानी चेङ्दुलाई जोड्ने छ । साथै दक्षिणपश्चिम युनान प्रान्त र तिब्बत जोड्ने प्रस्तावित रेलमार्ग पनि यी रेलमार्गमा आबद्ध हुनेछन् ।
 

प्रकाशित मिति: १५:१६ बजे, शुक्रबार, असार ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्