Kathmandu Press

जापानमा फेरि स्वास्थ्य संकटकाल घोषणा हुनसक्ने चेतावनी

जापानमा फेरि स्वास्थ्य संकटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो, ११ असार : जापानमा फेरि स्वास्थ्य संकटकाल लगाउने संभावना रहेको दावी गरिएको छ। 

जापानका स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्को पटक संकटकाल घोषणा गर्न सक्ने बताएका छन् । 

उनले कोरोनाभाइरसको महामारी अपेक्षित रुपमा न्यूनीकरण नभएमा र टोकियो ओलम्पिकलाई बाधा नपुगोस् भन्ने उद्देश्यले फेरि सङ्कटकाल लगाउन पर्न सक्ने शुक्रबार बताए। 

जापानको राजधानी समेत पर्ने टोकियो महानगरपालिका भित्र मात्रै बिहीबार एक दिनमा ५७० जना नयाँ सङ्क्रमित भेटिएका छन्।  

टोकियोमा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढ्दै गएकाले फेरि संकटकालको खतरा बढेको उनले पत्रकार सम्मेलनमा बताए। 

अहिलेको अवस्था हेर्दा सङ्क्रमितको सङ्ख्या थप बढ्दै जाने देखिएको पनि उनले पत्रकारहरुलाई जानकारी दिए। 
 

प्रकाशित मिति: १५:०१ बजे, शुक्रबार, असार ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्