मकवानपुरमा आइतबारदेखि सरकारी कार्यालय खुल्ने
बागमती, असार ११ : मकवानपुरमा आइतबारदेखि सम्पूर्ण सरकारी कार्यालय खुल्ने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को निर्णय अनुसार स्वास्थ्य सुरक्षाका मापदण्डको पालना...
बागमती, असार ११ : मकवानपुरमा आइतबारदेखि सम्पूर्ण सरकारी कार्यालय खुल्ने भएका छन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को निर्णय अनुसार स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा नियमित गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।
जिल्लामा एक हजारभन्दा बढी कोरोनका सक्रिय संक्रमित रहेकाले उच्च सुरक्षा सतर्कता अपनाएर सेवा प्रवाह गर्न सबै कार्यालय प्रमुखहरुलाई परिपत्र गरिएको उनले बताए ।
प्रकाशित मिति: १४:४१ बजे, शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











