Kathmandu Press

प्रधानसेनापति थापाद्वारा सहायक रथी राणालाई दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति थापाद्वारा सहायक रथी राणालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं, असार ११ : नेपाली सेनाका सहायक रथी आशिष नरसिंह राणालाई आज (शुक्रबार) उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। 

गत असार ७ गते मन्त्रीपरिषद्को निर्णय अनुसार पाइलट उपरथी दर्जामा पदोन्नति भएका राणालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। 

पाइलट उपरथी दर्जामा पदोन्नति भएका राणालाई सैनिक हवाई महानिर्देशनालयको महानिर्देशकमा पदस्थापन गरिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रममा सेनाका रथी तथा अधिकृतहरूको उपस्थिति थियो। 
 

प्रकाशित मिति: १२:५९ बजे, शुक्रबार, असार ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्