आज देशभर सामान्य बदली हुने
काठमाडौं, असार ११ : आज देशभर सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल मनसुनी वायुको...
काठमाडौं, असार ११ : आज देशभर सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हाल मनसुनी वायुको प्रभाव तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले देशरभ सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १ र बाग्मती प्रदेशका एक–दुई स्थानमा भने चट्याङसहित भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै, आज राति पनि देशभरको मौसम बदली रही प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
ती प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम, नदीनाला तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

