आरोपी छुटाउन मन्त्री पुग्नु सार्वजनिक पदको दुरुपयोग : दलित आयोग
काठमाडौं, असार १० : काठमाडौं बबरमहलकी घरधनी सरस्वती प्रधानले दलित भएको कारणले कोठा भाडा दिन नमानेको विषय प्रति राष्ट्रिय दलित आयोगको गम्भीर ध्यानाकर्षण...
काठमाडौं, असार १० : काठमाडौं बबरमहलकी घरधनी सरस्वती प्रधानले दलित भएको कारणले कोठा भाडा दिन नमानेको विषय प्रति राष्ट्रिय दलित आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आज एक बिज्ञप्ति जारी गर्दै तनहुँ घर भई काठमाडौंमा संचार क्षेत्रमा क्रियाशिल रुपा सुनारलाई काठमाडौं बबरमहलकी घरधनी प्रधानले दलित भएको कारणले कोठा भाडा दिन नमानेको विषय प्रति राष्ट्रिय दलित आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । मानव सभ्यता र विज्ञान प्रविधिको यो २१ औं शताब्दीमा पनि जातको कारणले कोठा भाडामा नदिनु गम्भीर जातीय भेदभाव भएको आयोगको ठहर छ ।
साथै प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको अवस्थामा संविधानले प्रत्याभूत गरेको मानव अधिकार, कानूनी राज्य विभेद विरुद्धको हक र दलित अधिकारहरुलाई चुनौति दिँदै राष्ट्रको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेपाल सरकारका मन्त्री कृष्ण गोपाल श्रेष्ठ आरोपी छुटाउन आफै प्रहरी कार्यालय पुग्नुलाई दुःखद र सार्वजनिक पदको दुरुपयोग भएको पनि उसले बताएको छ ।
आयोगले जुनसुकै जात, धर्म, वर्णको होस् कसुर गरे अनुसारको सजाय पाउने वातावरण निर्माणको लागि नेपाल सरकारसँग माग पनि गरेको छ ।
यस्तै, नेपाल दलित संघमा अध्यक्ष मीन विश्वकर्माले पनि जातीय विभेदका कारण कोठा नदिईनु कानुनतः अपराध भएको भन्दै दोषीलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

