Kathmandu Press

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ 

काठमाडौं, असार १० : आफ्नै श्रीमती बिहादी गाउँपालिका १ बाच्छा क्यूडाँडा बस्ने ३६ वर्षीया तारा नेपालीको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै पति...
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ 

काठमाडौं, असार १० : आफ्नै श्रीमती बिहादी गाउँपालिका १ बाच्छा क्यूडाँडा बस्ने ३६ वर्षीया तारा नेपालीको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै पति लाल बहादुर सार्कीलाई गत सोमबार प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै बारीमा काम गर्ने क्रममा असार ४ गते सर्पले टोकी घाइते भएकी तारालाई प्राथमिक उपचार गरी राखिएकोमा सोमबार मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा लाल बहादुरले तारालाई उपचारको लागि अस्पतालमा नलगी घरमै राखेको, कोदालोले कुटपिट गरी हत्यापश्चात पुर्नको लागि घरभित्र खाल्डो समेत खनेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत पर्वतबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।
 

प्रकाशित मिति: १९:५२ बजे, बिहीबार, असार १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्