पुतलीबजार न.पा.को बजेट ८७ करोड २२ लाख
काठमाडौं, असार १० : पुतलीबजार नगरपालिकाले नवौं नगर सभा मार्फत पालिकाको ८७ करोड २२ लाख ७० हजारको बजेट प्रस्तुत भएको छ ।
नवौं नगर सभाले आर्थिक वर्ष २०७८-७९ का लागि ८७ करोड २२ लाख बजेट प्रस्तुत भएको हो । आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै पुतलीबजार नगरपालिकाका उपप्रमुख महेश पुरीले ८७ करोड २२ लाखको बजेट प्रस्तुत भएको बताए । उपप्रमुख महेश पुरीले सभामा चालु खर्च तर्फ ५१ करोड ४३ लाख १२ हजार र पुँजीगत खर्च तर्फ ३७ करोड ७९ लाख ५८ हजार रहेको बताए ।
प्रस्तुत बजेटमा पुतलीबजार नगरपालिकाले कृषि, सहकारी, उद्योग तथा वाणिज्य, पर्यटन, पशु विकास, वडा विकास, राजश्व परिचालन अभिवृद्धि र रोजगारी सिर्जना तथा स्वरोजगार कार्यक्रमलाई आवश्यकता अनुसार बजेट विनियोजन गरेको छ । त्यसैगरी सामाजिक विकास क्षेत्र तर्फ शिक्षा विकास, युवा विकास, खेलकुद विकास, स्वास्थ्य, महिला विकास, गरिवी निवारण कार्यक्रम, भुमि व्यवस्था निति तथा कार्यक्रमा बजेट छुट्याईएको छ ।
सभा मार्फत भौतिक पूर्वाधार विकास क्षेत्र तर्फ घरनक्सा पास, बन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, फोहोर मैला व्यवस्थापन, उर्जा विकास, सुशासन अभिवृद्धि, संस्थागत विकास र न्याय तथा मेलमिलापलाई रकम विनियोजना गरिएको जनाईएको थियो ।
सुन्तलाको शहर, एक टोल एक नर्सरी, एक घर एक करेसाबारी, त्रिवेणी धाम, उद्यमशिलता, रोजगारी र उत्पादन वृद्धि, हुन्छ नगरपालिकाको समृद्धि, पुतलीबजार नगर उज्यालो शहर र स्वच्छ पुतलीबजार कार्यक्रमलाई प्राथमीकतामा राखी बजेट प्रस्तुत भएको छ ।