कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ९ जनाको मृत्यु
काठमाडौं, असार १० : गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत...काठमाडौं, असार १० : गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ९ जनाको मृत्यु भएको हो ।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा ९ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्कीमा ४, स्याङजा २, नवलपरासी पूर्व १ र तनहुँमा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९१४ पुगेको छ । त्यसैगरी गण्डकी प्रदेशमा थप ३२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३०४ जनाको नमुना परिक्षण गरिएकामा ३२१ जनामा संक्रमण देखिएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५३ हजार ७०८ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ५४० जना जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ४९ हजार ९११ पुगेको छ ।