Kathmandu Press

बिपी प्रतिष्ठानको सुधारको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, असार १० : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास र विस्तार तथा सुधारको माग राख्दै आन्दोलनरत चिकित्सक तथा विद्यार्थीले प्रधानमन्त्री केपी...
बिपी प्रतिष्ठानको सुधारको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, असार १० : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास र विस्तार तथा सुधारको माग राख्दै आन्दोलनरत चिकित्सक तथा विद्यार्थीले प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र पठाएका छन्।

प्रतिष्ठान सुधारका लागि गठित संयुक्त संघर्ष समितिले प्रतिष्ठानलाई धरासायी हुनबाट जोगाउनु पर्ने भन्दै ज्ञापनपत्र लेखेका हुन्।

बिहीबार उक्त ज्ञापनपत्र इलाका प्रशासन कार्यालय धरान मार्फत प्रधानमन्त्री समक्ष पठाउन लागिएको हो। इलाका प्रशासनका उपसचिव सुवास कुमार लामिछानेलाई ज्ञापन पत्र बुझाएको समितले जनाएको छ।

प्रधानमन्त्रीको नाममा सम्बोधन गर्दै उक्त ज्ञापन पत्रमा राष्ट्रिय गौरव बोकेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले आर्थिक र प्रशासनिक रुपमा जर्जर भएर जीवन मरणको दोसाँधमा उभिएको उल्लेख गरिएको छ।

‘अहिले देखिएका समस्याहरूको तत्काल समाधानका निम्ति कार्य अघि बढाउन नसकेको खण्डमा देशकै एउटा ठुलो संभावना बोकेको अनि पुर्वाञ्चल कै गौरव र धरोहर यस प्रतिष्ठान  धरासायी हुनेछ,’ उक्त ज्ञापनपत्रमा उल्लेख छ। 

प्रधानमन्त्री प्रतिष्ठानका कुलपति समेत रहेका हुँदा त्यहाँ देखिएका समस्या हल गर्न निर्णायक पहलकदमी चाल्न समितिले पत्र मार्फत आग्रह गरेको सो पत्रमा उल्लेख छ। यस्तै समितिले प्रतिष्ठनामा देखिएका समस्यालाई दुई तहमा विभाजन गरेर हेर्न सकिने कुरा पनि पत्रमा उल्लेख गरेको छ।

‘प्रमुख समस्या भनेको शिक्षा र स्वास्थ्यमा भएको चरम राजनीतिकरण हो भने दोस्रो प्रतिष्ठान भित्र भएका र हुने गरेका संस्थागत अनियमितता र भ्रष्टाचार हुन्,’ पत्रमा उल्लेख छ।

प्रकाशित मिति: १७:५१ बजे, बिहीबार, असार १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्