कोभिसिल्ड लाउनेलाई दोस्रो डोज भेरोसेल प्रभावकारी हुने कुरा आधारहीन : डब्लुएचओ
काठमाडौं, असार १० : नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज कोभिसिल्ड लगाएका व्यक्तिले दोस्रो डोज भेरोसेल लगाउँदा...
काठमाडौं, असार १० : नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज कोभिसिल्ड लगाएका व्यक्तिले दोस्रो डोज भेरोसेल लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको छ।
बुधबार डब्लुएचओले एक विज्ञप्ति जारी गर्दै कोरोना विरुद्धको दुई छुट्टाछुट्टै खोप लगाउँदा बढी प्रभावकारी हुने र डब्लुएचओले समेत यसलाई स्वीकृति दिएको समाचारहरू प्रकाशन भएको कुरा गलत भएको बताएकाे छ।
‘पहिलो मात्रा एस्ट्राजेनेका (कोभिसिल्ड) खोप लगाएका व्यक्तिले दोस्रो मात्रा भेरोसेल खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने गलत समाचारप्रति डब्लुएचओ ध्यानाकर्षण गराउन चाहन्छ,’ सो विज्ञप्तिमा उल्लेख छ, ‘डब्ल्यूएचओले यस किसिमको कुनै पनि बयान जारी गरेको छैन र यो झुटो आरोप हो। यस किसिमका गलत सूचनाले जनताको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउन सक्छ।’









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

