बहुमत सदस्यले बैठक बहिष्कार गर्दा ललितपुरमा भएन बजेट सार्वजनिक

काठमाडौं, असार १० : स्थानीय तहले असार १० भित्र गाउँ तथा नगरसभाबाट आगामी आर्थिक वर्षको बजेट पेस गर्नुपर्ने कानुनी प्रावधान छ। त्यसकारण आज (बिहीबार) देशभरका ७५३ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्नुपर्ने दिन हो।
सोही प्रयोजनका लागि ललितपुर महानगरपालिकाले पनि बजेट सार्वजनिक गर्न आज (बिहीबार) बैठक बोलाएको थियो। तर बहुमत सदस्यले नगरसभा बैठक बहिष्कार गरेपछि त्यहाँको बजेट सार्वजनिक हुन सकेन।
बहुमत सदस्य अनुपस्थित हुँदा नगरसभा बैठक स्थगित भएका कारण बजेट प्रस्तुत हुन नसकेको र तीन दिनपछि फेरि बस्ने नगरसभाले बजेट सार्वजनिक गर्ने महानगरले जनाएको छ।
तीन दिनपछि पनि बहुमत सदस्य उपस्थित नभए फेरि त्यसको दुई दिनपछि अर्को सभा बोलार्इ महानगरको भनाइ छ। सो बैठकमा पनि बहुमत सदस्य उपस्थित हुने स्थिति नआए एक तिहाइ सदस्यको हस्ताक्षर जुटाएर विशेष सभा आह्वान गर्ने तयारीमा महानगर रहेको बताइएको छ।
९२ सदस्यीय ललितपुर नगरसभाका ६६ सदस्यले विज्ञप्ति नै निकालेर बैठक बहिष्कार गरेका थिए। नीति तथा कार्यक्रम पारित हुनुअघि कुनै छलफल नगरिएकाले आफूहरूले बैठकमा सहभागी नहुने निर्णय लिइएको उनीहरूको भनाइ थियो।
ललितपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै नेपाली कांग्रेसका तर्फबाट विजयी भएका हुन् । तर नगरसभामा कांग्रेस अल्पमतमा रहेको छ। बहुमत र अल्पमतकै कारण ृत्पन्न राजनीतिक किचलाृका कारण आज बजेट सार्वजनिक हुन नसकेको जनाइउको छ।









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

