१७ असारदेखि राष्ट्रियसभाको अधिवेशन आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले १७ असारदेखि राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् ।
काठमाडौं, असार १० : राष्ट्रपति विद्यादेवी भण्डारीले १७ असारदेखि राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् ।
मन्त्रिपरिषद्ले बिहीबार गरेको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन बोलाएकी हुन् ।
१७ असार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।
संविधानको धारा ९३ (१) अनुसार राष्ट्रपतिले राष्ट्रियसभा अधिवेशन आह्वान गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त उपधारामा भनिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र संघीय संसदको अधिवेशन आव्हान गर्नेछ । त्यसपछि यस संविधान बमोजिम राष्ट्रपतिले समय समयमा दुवै वा कुनै सदनको अधिवेशन आव्हान गर्नेछ ।’
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले ७ जेठमा प्रतिनिधिसभा विघटन गरेकी छन् । त्यसविरुद्ध दर्ता भएका रिटहरूमाथि सर्वोच्च अदालतमा बहस जारी छ ।









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

