Kathmandu Press

उपत्यकामा ३३५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १० : काठमाडौं उपत्यकामा थप ३ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।त्यसमध्ये काठमाडौंका २३४ जना, ललितपुरका ६८ जना र भक्तपुरका...
उपत्यकामा ३३५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १० : काठमाडौं उपत्यकामा थप ३ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसमध्ये काठमाडौंका २३४ जना, ललितपुरका ६८ जना र भक्तपुरका ३३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१२ हजार २३२ जनाको नमूना परीक्षण गरिएको थियो। सोही अवधिमा थप २ हजार ५१८ जना संक्रमणमुक्त भएका छन्। 

त्यस्तै, पछिल्लो २४ घण्टामा थप २४ जनाको कोरोनाबाट मृत्यु भएको छ। 

प्रकाशित मिति: १६:५९ बजे, बिहीबार, असार १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्