न्याय परिषद् सदस्यमा रामप्रसाद भण्डारी नियुक्त
काठमाडौं, असार १० : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीका सिफारिशमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (प्रमाणपत्र नं १००)लाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छन्। संविधानको...
काठमाडौं, असार १० : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीका सिफारिशमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (प्रमाणपत्र नं १००)लाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छन्।
संविधानको धारा १५३ को उपधारा १ को खण्ड घ बमोजिम खनियापानी –९, रामेछापका भण्डारीलाई सो पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले आज विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।
प्रकाशित मिति: १६:३० बजे, बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











