Kathmandu Press

चीनमा तीन करोड २९ लाख ज्येष्ठ नागरिकले पाए राहत

चीनमा तीन करोड २९ लाख ज्येष्ठ नागरिकले पाए राहत

बेइजिङ, १० असार : चीनमा झण्डै तीन करोड २९ लाख ज्येष्ठ नागरिकले सरकारका तर्फबाट विभिन्न किसिमका राहत सुविधा प्राप्त गरेका छन् ।

सरकारले बिहीबार सार्वजनिक गरेको श्वेत पत्रमा मार्च २०२१ मा ज्येष्ठ नागरिकहरुले नर्सिङ सुविधा समेत पाएको उल्लेख छ। 

चिनियाँ कम्युनिष्ट पार्टीको राज्य परिषद कार्यालयद्वारा सार्वजनिक गरिएको मानव अधिकार सम्बन्धी दस्तावेजमा राज्यका सबै नागरिकलाई समान व्यवहार र सम्मान प्रदान गरिएको बताइएको छ।

यसैबीच, एक करोड ४८ लाख ज्येष्ठ नागरिकले खाद्यान्न सहायता तथा अति कठिनाइको सामना गरिरहेका ३८ लाख ज्येष्ठ नागरिकलाई विशेष अनुदान सहायता प्रदान गरिएको छ। 

सन् २०२१ को मार्च महिनामा चीनका तीन लाख ३० हजार भन्दा बढी संस्थाले ज्येष्ठ नागरिकका लागि अस्पतालहरुमा ८२ लाखभन्दा बढी शैया उपलब्ध गराएको पनि श्वेतपत्रमा उल्लेख छ ।

यसैगरी, चीनका जनताको औसत आयु सन् २०१९ मा ७७.३ वर्ष पुगेको पनि श्वेतपत्रमा जनाइएको छ । सन् १९४९ मा चीनमा औसत आयु ३५ वर्षमात्र थियो ।

मातृ तथा प्रसूति मातृ मृत्युदर पनि घटेको छ । प्राप्त विवरणमा प्रति एक लाखमा १७.८ मातृ मृत्यु रहेको छ भने शिशु मृत्युदरमा पनि प्रति एक लाखमा ५.६ रहेको छ ।  
 

प्रकाशित मिति: १५:३१ बजे, बिहीबार, असार १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्