Kathmandu Press

स्पेनमा हुने तय भएको नेपालको त्रिकोणात्मक सिरिज स्थगित

स्पेनमा हुने तय भएको नेपालको त्रिकोणात्मक सिरिज स्थगित

काठमाडौं, असार १० : नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको आईसिसी लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज स्थागित भएको छ। जुलाई अन्तिममा स्पेनमा हुने भनिएको त्रिकोणात्मक सिरिज कोरोनाका कारण स्थगित भएको हो।

आईसिसीले बिहीबार उक्त सिरिज स्थगित भएको जानकारी गराएको नेपाल क्रिकेट संघ ९क्यान०ले जनाएको छ। कोरोना महामारीका नामिबियाको अवस्था खराब रहेको र प्रशिक्षण तयारी तथा यात्रा प्रतिबन्धका कारण सिरिज स्थगित भएको क्यानले जनाएको छ। 

सिरिज एक वर्षपछि अर्थात २०२२ को जुलाईमा हुने बताएको छ। यसअघि यो सिरिज स्कटल्यान्डमा हुने तय थियो, तर कोरोनाका स्पेनमा सारिएको थियो।

सिरिजको तयारीका लागि क्यानले मंगलबारबाट मात्रै बन्द प्रशिक्षण सुरु गरेको थियो । सिरिज स्थागित भएपछि बन्द प्रशिक्षण के गर्ने भन्ने विषयमा क्यानले निर्णय गरिसकेको छैन ।

प्रकाशित मिति: १४:३३ बजे, बिहीबार, असार १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्