दाङमा जीप दुर्घटना, चालकको मृत्यु
तुलसीपुर, असार १४ : दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
रगैँचाबाट तुलसीपुर आउँदै गरेको रा १ ज ४३६ नम्बरको जीप दङ्गीश....

तुलसीपुर, असार १४ : दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
रगैँचाबाट तुलसीपुर आउँदै गरेको रा १ ज ४३६ नम्बरको जीप दङ्गीशरण–७ श्रीगाउँ नजिक दुर्घटना हुँदा जीप चालक दङ्गीशरण–७ रजतगाउँका डिल्लीबहादुर ओलीको मृत्यु भएको हो।
गाडी अनियन्त्रित भई शनिबार बिहान साढे ८ बजे दुर्घटना हुँदा गम्भीर घाइते ओलीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।
जीपमा अन्य तीन जना सवार रहेपनि उनीहरुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३:०९ बजे, शनिबार, असार १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)