Kathmandu Press

नेपालमा ग्लोबल कन्क्लेभ हुँदै

काठमाडौं, असार १० : नेपाल इन्स्टिचुट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्जेमेन्टले तीन दिवसीय ग्लोबल कन्क्लेभ आयोजना गर्न लागेको छ। नेपाललाई विश्व मञ्चमा परिचित गराउने तथा जोड्ने...
नेपालमा ग्लोबल कन्क्लेभ हुँदै

काठमाडौं, असार १० : नेपाल इन्स्टिचुट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्जेमेन्टले तीन दिवसीय ग्लोबल कन्क्लेभ आयोजना गर्न लागेको छ। 

नेपाललाई विश्व मञ्चमा परिचित गराउने तथा जोड्ने उद्देश्यले यहि असार ११ देखि १३ गतेसम्म काठमाडौंमा ग्लोबल कन्क्लेभ आयोजना गर्न लागिएको जनाएको छ। 

कार्यक्रममा ४० भन्दा बढी देशबाट बिभिन्न बिधाका दुई सय नेता, शिक्षाविद, कूटनीतिक नियोगका प्रमुख, सुरक्षा विशेषज्ञको सहभागिता रहने आयोजकले जनाएको छ। यसअन्तर्गत ४६ वटा सत्र हुनेछन्। 

कार्यक्रममा श्रीलंकाका परराष्ट्रमन्त्री दिनेश गुणवार्डना, भारतीय पूर्वरेलमन्त्री सुरेश प्रभाकर प्रभु, संयुक्त राष्ट्रका पूर्वउपमहासचिव तथा लेखक शशि थरूर, माल्दिभ्स राज्यका शिक्षामन्त्री अब्दुल्ला रशीद अहमद, श्रीलंकाका विदेश सचिव डा. जयनथ कोलम्बिया, जापानी पूर्वप्रधानमन्त्री शिन्जो आबेका विशेष सल्लाहकार प्रो. तनिगुची टोमोहिको र नेपाल तथा भारतका प्रतिष्ठित व्यक्तिहरू सहभागी हुने इन्स्टिच्युटका प्रमुख डा. प्रमोद जैसवालले बताए।

कार्यक्रममा नेपालको विदेश नीति, भारत र चीनको विदेश नीति, नेपालमा प्रत्यक्ष बैदेशिक लगानी तथा सहयोग, नेपालको भारत र चीनसँगको सम्बन्ध, सिलिगुडी करिडोरको सुरक्षा, इन्डो प्यासिफिक रणनीतिको भविष्य, चीनको उदय, एसियाको उदय, सफ्ट पावर र सार्वजनिक कूटनीति, आणविक निरस्त्रीकरण, हतियार नियन्त्रण र अप्रसार, बिडेन प्रशासन अन्तर्गत अमेरिकी विदेश नीति, सार्क र बिम्सटेक, अन्तर्राष्ट्रिय सम्बन्धमा अन्तरदेशिय बसाइसराइमा महामारीको प्रभाव लगायतका विसयमा छलफल हुनेछ।

प्रकाशित मिति: ०७:१६ बजे, बिहीबार, असार १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्