मोबाइल सेवा अवरुद्ध भएकोप्रति टेलिकमले माग्यो माफी

काठमाडौं, असार ९ : नेपाल टेलिकमले आज बिहान जीएसएम मोबाइल सेवामा अप्रत्याशित समस्याका कारण सेवा अवरुद्ध भएकोमा त्यसबाट पर्न गएको असुविधाप्रति ग्राहक वर्गमा क्षमा मागेको छ ।
टेलिकमका प्रवक्ता राजेश जोशीले विज्ञप्ति निकाल्दै सेवा अवरुद्ध भएको करिब दुई घण्टामै सेवा सुचारु गर्न सफल भएको र त्यस अवधिसम्म ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा मागेका हुन् ।
टेलिकमले मुख्य रूपमा स्मार्ट फोन सेटहरूमा भ्वाइस सेवा अवरुद्ध हुन गएकोले समस्याको गहन विश्लेषण गर्ने कार्यलाई निरन्तरता दिइएको जनाएको छ ।
टेलिकमको जीएसएम मोबाइल सेवा आज बिहान ६ देखि ८ ः१५ बजेसम्म अवरुद्ध हुँदा प्रयोगकर्ताले समस्या भोगेका थिए ।
प्रकाशित मिति: २१:११ बजे, बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)
