गण्डकी प्रदेशमा कोरोना संक्रमित र मृतकको संख्यामा कमी, २४ घण्टामा ४ जनाको मृत्यु
काठमाडौं, असार ९ : गण्डकी प्रदेशमा थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा गरिएको नमूना परीक्षणमा २१६...काठमाडौं, असार ९ : गण्डकी प्रदेशमा थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा गरिएको नमूना परीक्षणमा २१६ जनामा संक्रमण देखिएको हो ।
संक्रमितमध्ये १०२ महिला र ११४ जना पुरुष रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ । विगतको तुलनामा केही दिन देखि गण्डकी प्रदेशमा कोरोना संक्रमित र मृतकको संख्यामा कमी आएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा २१६ जना संक्रमित थपिएको र ४ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीमा ६०, बागलुङ १७, नवलपरासी ३९, स्याङजा १६, तनहुँ ४, लमजुङ २१, पर्वत ५० र म्याग्दीमा ९ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५३ हजार ३८७ पुगेको छ । त्यसैगरी गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ४ जनाको मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९०५ पुगेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा ३७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ३७१ पुगेको छ ।