विपक्षी गठबन्धनको बैठक बुढानिलकण्ठमा
काठमाडौं, असार ९ : कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बुढानिलकण्ठमा विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।बैठकमा प्रतिनिधिसभा विघटनको रिट निवेदनमाथि सर्वोच्च...
काठमाडौं, असार ९ : कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बुढानिलकण्ठमा विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।
बैठकमा प्रतिनिधिसभा विघटनको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुरु भएको बहस र वर्तमान राजनीतिक घटनाक्रमका विषयहरुमा छलफल भइरहेको बताईएको छ ।
बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, नेता बालकृष्ण खाँण, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत नेताहरु सहभागी रहेका छन् ।
प्रकाशित मिति: १८:१७ बजे, बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)
