Kathmandu Press

बेलायतमा गत फेब्रुअरीपछि सोमबार सबैभन्दा धेरै सङ्क्रमित देखिए

लन्डन, असार ९ : बेलायतका अधिकारीहरुले यहाँ कोरोना भाइरसको सङ्क्रमण दर फेरि बढ्न थालेको बताएका छन्। यहाँको स्वास्थ्य मन्त्रालयले यहाँ गएको फेब्रुअरी महिनादेखि यता...
बेलायतमा गत फेब्रुअरीपछि सोमबार सबैभन्दा धेरै सङ्क्रमित देखिए

लन्डन, असार ९ : बेलायतका अधिकारीहरुले यहाँ कोरोना भाइरसको सङ्क्रमण दर फेरि बढ्न थालेको बताएका छन्। यहाँको स्वास्थ्य मन्त्रालयले यहाँ गएको फेब्रुअरी महिनादेखि यता दैनिक सबैभन्दा धेरै सङ्क्रमितहरु देखिन थालेको बताएको हो।

यहाँ सोमबार मात्र ११ हजार ६२५ जना नयाँ सङ्क्रमित थपिएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। २४ घन्टा यता यतिधेरै सङ्क्रमित थपिएको गएको फेब्रुअरी महिनापछि यो पहिलो पटक भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको मंगलबार बेलायतका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। 

पछिल्ला यी सङ्क्रमितहरु समेत गरी आजसम्म बेलायतमा सङ्क्रमित हुनेको संख्या ४६ लाख ५१ हजार पुगेको पनि बताइएको छ। त्यसैगरी २४ घन्टामा यहाँ २७ जनाको कोरोनाका कारण निधन भएको छ। यो समेत गरी बेलायमा यस सङ्क्रमणबाट १ लाख २८ हजार जनाको ज्यान गएको छ। 

उता सरकारले कोरोना भाइरसको संक्रमणका कारण देशमा लगाएका प्रतिबन्धहरु हटाउने क्रममा रहेको बताएको छ। बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले सो कुरा बताएका हुन्। उनले निकै लामो समयदेखि जारी रहेका कतिपय प्रतिबन्धहरु हटाउने प्रक्रियामा रहेको बताएको समाचारमा जनाइएको छ। 

प्रकाशित मिति: १८:०० बजे, बुधबार, असार ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्