Kathmandu Press

उदयपुरकाे कटारीमा छुट्टै गाउँपालिका गठनको माग

उदयपुर, असार ९ : उदयपुरको कटारी नगरपालिकाको पहाडी क्षेत्रका पाँचवटा वडाका जनप्रतिनिधिले छुट्टै गाउँपालिका गठनको माग गरेका छन्। वडा ९, १०, ११, १२ र...
उदयपुरकाे कटारीमा छुट्टै गाउँपालिका गठनको माग
Hardik ivf

उदयपुर, असार ९ : उदयपुरको कटारी नगरपालिकाको पहाडी क्षेत्रका पाँचवटा वडाका जनप्रतिनिधिले छुट्टै गाउँपालिका गठनको माग गरेका छन्। 

वडा ९, १०, ११, १२ र १४ वडाका जनप्रतिनिधि तथा स्थानीयवासीले कटारी नगरपालिकाबाट छुटिएर छुट्टै गाउँपालिका बनाउने मागसहित मङ्गलबार नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख भीमकुमारी राउतलाई भेटेर ज्ञापन पत्र बुझाएका छन्।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख श्रेष्ठले भौगोलिक हिसाबले पनि यी वडाहरु दुर्गम भएकाले त्यहाँको समस्या र जनप्रतिनिधिहरुले उठाएका मागका सम्बन्धमा आफू गम्भीर भएको बताउँदै छुट्टै गाउँपालिका गठन गर्न सहज नहुने धारणा व्यक्त गरे। 

प्रकाशित मिति: १७:१३ बजे, बुधबार, असार ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्