Kathmandu Press

लोकतन्त्र र प्रेस स्वतन्त्रताको वकालत गरेपछि हङकङको पत्रिका बन्द

हङकङबाट प्रकाशन हुने प्रजातन्त्र पक्षधर दैनिक पत्रिका एप्पल डेली बन्द हुने भएको छ। प्रहरीले एप्पल डेली प्रकाशक संस्थाको बैंक खाता रोक्का गर्नुका साथै सम्पादक र कार्यकारीहरूलाई पनि गिरफ्तार गरेपछि प्रकाशन बन्द गर्ने घोषणा गरेको हो।
लोकतन्त्र र प्रेस स्वतन्त्रताको वकालत गरेपछि हङकङको पत्रिका बन्द

हङकङ, असार ९ : हङकङबाट प्रकाशन हुने प्रजातन्त्र पक्षधर दैनिक पत्रिका एप्पल डेली बन्द हुने भएको छ। प्रहरीले एप्पल डेली प्रकाशक संस्थाको बैंक खाता रोक्का गर्नुका साथै सम्पादक र कार्यकारीहरूलाई पनि गिरफ्तार गरेपछि प्रकाशन बन्द गर्ने घोषणा गरेको हो।

एप्पल डेलीले बिहीबारदेखि आफ्नो छापा तथा अनलाइन दुवै संस्करण बन्द गर्ने जानकारी दिएको छ। एप्पल डेलीको प्रकाशन रोकिएसँगै हङकङमा वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र प्रजातन्त्रको पक्षमा उठ्ने सबैभन्दा ठूलो र बुलन्द आवाज बन्द हुनेछ। 

Hardik ivf

एप्पल डेली केही दशकयता चिनियाँ कम्युनिस्ट पार्टीको आँखाको तारो बनेको थियो। विशेषतः संस्थापक जिम्मी लाईले चीन र हङकङका अधिकारीहरूको आलोचना गरेका कारण लामो समयदेखि चिनियाँ सरकारले उनलाई आफ्नो निशानामा राखिरहेको न्युयोर्क टाइम्सले लेखेको छ।

हङकङ प्रहरीले गत बिहीबार एप्पल डेलीको न्युजरुममै आएर दुईजना कर्मचारी र तीनजना उच्च तहका सम्पादकहरूलाई गिरफ्तार गरेको थियो। प्रहरीले बुधबार पत्रिकामा स्तम्भ तथा सम्पादकीय लेख्ने अर्का पत्रकार येउङ चिङ–कीलाई पनि गिरफ्तार गरेको छ।

येउङले ‘ली पिङ’ नामबाट स्तम्भ लेख्ने गरेका थिए। गत वर्ष उनले ‘चिनियाँ कम्युनिस्ट पार्टी र उसका हङकङका मतियार मिलेर हङकङको वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रताको हत्या गर्न एप्पल डेलीको घाँटी निमोठिरहेका छन्’ भनेर लेखेको थिए।

गत साता हङकङका अधिकारीहरूले एप्पल डेलीको बैंक खाता रोक्का गर्दै आर्थिक कारोबार बन्द गरिदिएका थिए। बैंक खाता रोक्का भएपछि कर्मचारीलाई तलब दिन नसकेको र विक्रेताहरूबाट रकम लिन नसकेको संस्थापक जिम्मी लाईका सहयोगी मार्क सिमोनले बताएका छन्।
 

प्रकाशित मिति: १४:५५ बजे, बुधबार, असार ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्