लुम्बिनी प्रदेशसभा बैठक बस्दै नबसी स्थगित
काठमाडौं, असार ९ : लुम्बिनी प्रदेशसभाको बैठक बस्दै नबसी स्थगित गरिएको छ। परदेशसभा सचिव दुर्लभकुमार पुन मगरले सूचना टाँसेर बैठक सथगित भएको जानकार िगराएका...
काठमाडौं, असार ९ : लुम्बिनी प्रदेशसभाको बैठक बस्दै नबसी स्थगित गरिएको छ। प्रदेशसभा सचिवालय सचिव दुर्लभकुमार पुन मगरले सूचना टाँसेर बैठक सथगित भएको जानकारी गराएका हुन्।
आज (बुधबार) बस्ने भनिएको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्रीले नयाँ बजेटको राजस्व व्ययको अनुमानमाथि आफ्नो कुरा राख्ने, उठेका प्रश्नको जवाफ दिने र विनियोजन विद्येयक पेश गर्ने कार्यसूची थियो।
यसअघि आइतबार विपक्षी गठबन्धनले सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै बहिष्कार गरेपछि बैठक स्थगित भएको थियो। विपक्षीको सहमतिमै सारिएको कांंग्रेसका एक सांसदले जानकारी दिए।
अर्को बैठक असार २७ गते अपराह्न १ बजे बस्ने जारी सूचनामा उल्लेख छ।

प्रकाशित मिति: १४:३० बजे, बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)
