सिरहामा गुडिरहेको टिपरमा आगलागी
लहान, असार ९ : पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरमा गुडिरहेको टिपर आज बिहान आफैँ आगलागी हुँदा जलेर नष्ट भएको छ । इँटा लादेर...
लहान, असार ९ : पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरमा गुडिरहेको टिपर आज बिहान आफैँ आगलागी हुँदा जलेर नष्ट भएको छ ।
इँटा लादेर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५५५१ नंको टिपरमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ। गुड्दै गरेको टिपरमा आगलागी भएपछि चालकले हामफालेर ज्यान जोगाएको स्थानीयवासीले बताएका छन्।
समयमा आगो निभाउन नसक्दा टिपर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । बीच सडकमै जलेको टिपर हटाउने र घटना विषयबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए।
प्रकाशित मिति: १३:३८ बजे, बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)
