Kathmandu Press

संसदीय समितिद्वारा बजेट विनियोजनको विवरण माग

हेटौडा, असार ९ : बाग्मती प्रदेश सभाको प्रदेश मामिला समितिले प्रदेश सरकारलाई आगामी आर्थिक वर्ष २०७८÷७९ मा विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि गरेको बजेट...
संसदीय समितिद्वारा बजेट विनियोजनको विवरण माग

हेटौडा, असार ९ : बाग्मती प्रदेश सभाको प्रदेश मामिला समितिले प्रदेश सरकारलाई आगामी आर्थिक वर्ष २०७८/७९ मा विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि गरेको बजेट विनियोजनको विवरण माग गरेको छ। 

सभाको प्रदेश मामिला समितिका अनुसार प्रदेश सरकारलाई विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि के कस्ता कार्यक्रम ल्याउने तथा के कति रकम विनियोजन भएको छ सो सम्बन्धमा समितिलाई १५ दिनभित्र विवरण पेश गर्न माग गरेको हो।

प्रदेशको सिन्धुपाल्चोकमा गएको बाढीबाट ठूलो धनजनको क्षति भएको भन्दै समितिका सभापति माधव पौडेलले प्रदेशभित्रका अन्य धेरै ठाँउ पनि जोखिमयुक्त रहेकाले प्राकृतिक विपत्तिको तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि विस्तृत विवरण माग गरी सोहीअनुसार पूर्वतयारी अघि बढाइने जानकारी दिए। 

यस्तै समितिले प्रदेशभित्रका नागरिकमा कोभिड–१९ खोपको पहिलो र दोस्रो मात्रा लगाउनेको सङ्ख्याको तथ्याङ्क माग गर्दै सो सम्बन्धमा पहिलो चरणमा रसुवा, धादिङ र नुवाकोटमा स्थलगत रूपमा विवरण सङ्कलन गर्ने जनाएको छ। 

प्रकाशित मिति: ०८:३८ बजे, बुधबार, असार ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्