Kathmandu Press

भीरबाट लडेर वडा सदस्यको मृत्यु

जाजरकोट, असार ९ : भीरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ का वडा सदस्य सुशीला नेपालीको मृत्यु भएको छ। उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए...
भीरबाट लडेर वडा सदस्यको मृत्यु

जाजरकोट, असार ९ : भीरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ का वडा सदस्य सुशीला नेपालीको मृत्यु भएको छ। 

उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति मृत्यु भएको नगरपाकिलाले जनाएको छ। भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी भीरबाट लडेर घाइते भएकी थिइन्। 

घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो। उनको बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले बताइन्। 

प्रकाशित मिति: ०६:५५ बजे, बुधबार, असार ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्