मनाङमा सेनाद्वारा काठेपुल निर्माण
मनाङ, असार ८ : मनाङमा नेपाली सेनाले स्याल्कु खोलामा अस्थायी काठे पुलको निर्माण गरेको छ । खोलाबाट नयाँबजार कोतोतर्फ आवतजावत गर्ने दुई वटा अस्थायी...
मनाङ, असार ८ : मनाङमा नेपाली सेनाले स्याल्कु खोलामा अस्थायी काठे पुलको निर्माण गरेको छ । खोलाबाट नयाँबजार कोतोतर्फ आवतजावत गर्ने दुई वटा अस्थायी काठेपुल निर्माण गरेको हो ।
चामे गाउँपालिका–४ स्थित स्याल्कु खोलामा रणदल गुल्मबाट खटिएको टोली, नेपाल प्रहरी र स्थानीय वासिन्दाको सहकार्यमा काठेपुल निर्माण गरिएको सेनाले बताएको छ ।
असार ४ गते अविरल वर्षापछि आएको बाढीपहिरोले मनाङ जिल्लाको विभिन्न स्थानमा पुल तथा सडक बगाएको छ । पुल बगाएपछि आवतजावतमा समस्या आएपछि अस्थायी काठेपुलको निर्माण गरिएको हो ।
प्रकाशित मिति: १७:२६ बजे, मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)
