चार लाख कित्ता साधारण शेयर बेच्दै आँधीखोला लघुवित्त
काठमाडाैं, असार १३ : स्याङ्जाको बयरघारीमा केन्द्रीय कार्यालय रहेको आँघीखोला लघुवित्त वित्तीय संस्थाले चार लाख कित्ता साधारण सेयर बिक्री गर्ने भएक....

काठमाडाैं, असार १३ : स्याङ्जाको बयरघारीमा केन्द्रीय कार्यालय रहेको आँघीखोला लघुवित्त वित्तीय संस्थाले चार लाख कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ।
कम्पनीले शुक्रबार एक आह्वानपत्र प्रकाशित गरी असार २२ गतेदेखि साधारण शेयर विक्री गर्न लागेको जनाएको हो। कम्पनीका अनुसार पाँच हजार कित्ता साधारण सेयर कम्पनीका कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको विवरणमा उल्लेख छ। त्यसबाट बाँकी रहेको तीन लाख ७५ हजार कित्ता साधारण शेयर भने सर्वसाधारणलाई विक्री गरिनेछ।
कम्पनीका अनुसार शेयर बिक्री छिटोमा यही असार २५ गतेसम्म र ढिलोमा आगामी साउन २० गतेसम्म विक्री हुनेछ। लघुवित्तले विभिन्न १९ वटा शाखामार्फत वित्तीय सेवा दिँदै आएको छ। संस्थाले पशुपालना, खुद्रा व्यापार साना तथा घरेलु उद्योगमा लगानी गर्दै आएको विवरणपत्रमा उल्लेख गरेको छ।










-1754206481.jpg)
