हुम्लाका रिन्जिनलाई रोलेक्स कन्जर्भेशन अवार्ड
काठमाडौं, असार ८ : रोलेक्स डटओआरजीले वन्यजन्तु संरक्षण सम्बन्धि काम गरिरहेका हुम्लाका रिन्जिन फुन्जोक लामालाई ‘रोलेक्स कन्जर्भेशन अवार्ड २०२१’ प्रदान गरेको गरेको छ।उच्च हिमाली...
काठमाडौं, असार ८ : रोलेक्स डटओआरजीले वन्यजन्तु संरक्षण सम्बन्धि काम गरिरहेका हुम्लाका रिन्जिन फुन्जोक लामालाई ‘रोलेक्स कन्जर्भेशन अवार्ड २०२१’ प्रदान गरेको गरेको छ।
उच्च हिमाली क्षेत्रमा पाइने हिउँ चितुवा, ब्वाँसो, कालो भालु, जंगली चौँरी लगायत जनावर र वातावरण संरक्षणमा योगदान गरेको भन्दै रोलेक्स डटओआरजीले रिन्जिनलाई सोमबार ‘रोलेक्स कन्जर्भेशन अवार्ड २०२१’ प्रदान गरेको हो।
रिन्जिनसँगै अन्य ४ जनालाई पनि यो अवर्डा प्रदान गरिएको छ। चार दशकदेखि संरक्षण र मौलिक रोजगारी वृद्धिमा योगदान पुर्याउने विश्वभरका नागरिकबाट छनोट गरेर रोलेक्सले प्रत्योक वर्ष यो अवार्ड दिँदै आएको छ।
सन् २०१४ देखि उच्च हिमाली भेगका वन्यजन्तुको अध्ययन र संरक्षणमा संलग्न रहेका रिन्जिनले गत वर्ष विश्व वन्यजन्तु कोषको ‘नेपाल कन्जर्भेशन अवार्ड’ पनि पाएका थिए।
जर्मनी र न्युजिल्यान्डबाट ‘अन्तर्राष्ट्रिय प्रकृति संरक्षण’मा स्नातकोत्तर रिन्जिनले हिमाली वातावरण र वन्यजन्तुको संरक्षणका लागि जनचेतना अभियानलाई पनि अगाडि बढाएका छन्।










![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)
