राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुँदै
काठमाडौं असार १३ : राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०७६ हुने भएको छ। श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा होटल याक एण्ड यत....

काठमाडौं असार १३ : राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०७६ हुने भएको छ। श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा होटल याक एण्ड यतिमा हुने सम्मेलन दुई दिनसम्म चल्नेछ।
शुक्रबार पत्रकार सम्मेलन गरी मन्त्रालयले युवालाई देशको आर्थिक, सामाजिक र भौतिक विकासमा उपयोग गर्ने, आन्तरिक श्रममा युवाको आकर्षण बढाउने, श्रम सम्बन्ध सुदृढ बनाउन र देशको समृद्धिमा योगदान पुर्याउने उद्देश्यले रोजगार सम्मेलन आयोजना गरिएको जनाएको छ।
सम्मेलनमा रोजगारदाता, तालिम प्रदायक संस्था, नमूना उद्यमी, विभिन्न रोजगारसँग सम्बन्धित संस्था, विधा तथा पेशाका क्षेत्रगत प्रतिनिधित्व रहने गरी ३ सय ५० जनाभन्दा बढीको सहभागिता रहने श्रम मन्त्रालयले जनाएको छ।
सम्मेलनमा प्रत्येक सत्रकोे अध्यक्षता सम्बन्धित क्षेत्रका विज्ञबाट हुने र करिव ५० जना विषयगत विज्ञको टोलीबाट विशेष टिप्पणी गर्ने कार्यक्रम तय गरिउको छ। मुख्य विषय क्षेत्रमा छुट्टाछुट्टै प्यानलमा छलफल गर्न विज्ञद्वारा तथ्य, तथ्यांक तथा प्रवृत्ति विश्लेषणसहितको कार्यपत्र प्रस्तुत हुनेछ।
सम्मेलनको पहिलो दिन श्रम तथा रोजगार सम्बन्धी नीति पुनरावलोकनका पक्षमा छलफल हुनेछ। दोस्रो दिन भने नेपाली श्रम बजार र आय स्थितिबारे सिंहावलोकन, कार्य संस्कृति र श्रम मर्यादा, नेपालमा युवा उद्यमशीलता रोजगारको श्रम उत्पादनशिलता र राष्ट्रिय अर्थतन्त्रकोे प्रभावको योजनाबारेमा छलफल हुने जनाइएको छ।










-1754206481.jpg)
