विद्यार्थी परिचयपत्रका आधारमा राहत पाउनुपर्छ : महर
कांग्रेस नेता तथा नेविसंघका पूर्वकेन्द्रीय अध्यक्ष नैनसिंह महरले सबै विद्यार्थीलाई परिचयपत्रका आधारमा निःशुल्क खाद्यान्न, इन्टरनेट र घर जान छुटको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन्।
काठमाडौं- कांग्रेस नेता तथा नेविसंघका पूर्वकेन्द्रीय अध्यक्ष नैनसिंह महरले सबै विद्यार्थीलाई परिचयपत्रका आधारमा निःशुल्क खाद्यान्न, इन्टरनेट र घर जान छुटको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन्।
नेविसंघ शंकरदेव क्याम्पसले आयोजना गरेको विद्यार्थीका लागि राहत वितरण कार्यक्रममा राहत वितरण गर्दै कांग्रेस कोभिड अनुगमन समितिका सदस्यसमेत रहेका नेता महरले यस्तो आग्रह गरेका हुन्।
लामो समयदेखिको कोरोना महामारीका कारण देशभरका ८५ लाखभन्दा बढी विद्यार्थीहरूको पढाइसँगै गाँसवासमा ठूलो समस्या परेको र भारी वर्षाका कारणले समेत ठूलो जनधनको क्षति भएर जनजीवन बिचल्लित भएको र यसबाट विद्यार्थीहरू सबैभन्दा बढी प्रभावित भएको नेता महरले बताए।
वर्तमान कम्युनिस्ट सरकार यति ठूलो महामारी बाढी पहिरोले जनताले ज्यान गुमाइरहेको बेला पनि सत्ता जोगाउन मात्रै लागिरहेको र आवश्यक राहत र पुनःस्थापनामा नलागेको नेता महरको भनाइ छ। सरकार जनपक्षीय कुरामा गम्भीर नबनेर मानवता विरोधी कार्यमा लागेको महरको आरोप छ।
कार्यक्रममा नेविसंघ शंकरदेव क्याम्पसका अध्यक्ष विवेक लामालगायत नेताहरूको विशेष सक्रियतामा राजनधानीमा रहेका पाँच सय ५५ जनालाई खाद्यान्न वितरण गरिएको छ।










![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)
